७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलद्वारा फुटबल खेल जीवनबाट सन्यास घोषणा



अ+ अ-

एजेन्सी । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक संजालबाट सन्यासको घोषणा गरे ।

बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेल्दै ४१ गोल गरेका छन् ।

साउथह्याम्पटनबाट व्यवसायिक फुटबलको सुरुवात गरेका बेलले टोटेनहम र रियल मड्रिडबाट खेलेका थिए । टोटेनहमबाट १४६ खेलमा ४२ गोल गरेका उनले रियलबाट १७६ खेलमा ८१ गोल गरे ।

पछिल्लो पटक उनले अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट खेलेका थिए । उनले त्यहाँ १२ खेलमा २ गोल गरे । यस्तै, बेलको नेतृत्वमा वेल्सले कतार विश्वकप खेलेको थियो ।