२० भाद्र २०८३, शनिबार
,
Latest
स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे



अ+ अ-

तनहुँ । अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताउनुभयो । शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बङ्गुर मरेको र केही बङ्गुर बिरामी भएको उहाँले जानकारी दिनुभयो । अफ्रिकन स्वाइन फिभरविरुद्ध हालसम्म भ्याक्सिन बनेको छैन ।

“गतवर्ष काठमाडौँंमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका किसानलाई सचेत हुन आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो । अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्ने जस्ता लक्षण देखापर्छन् ।

साथै उक्त सङ्क्रमणका कारण भीमाद नगरपालिकाका सुरवीर थापाको फार्ममा रहेका आठ वटै बङ्गुर मरेका छन् । पोखरास्थित प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर देखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गर्न थालेका छन् । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, “यस रोगको प्रकोपका कारण एक चरण बङ्गुर मरेर सकिन्छ होला भन्ने अनुमान गरेका छौँ ।”