• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु हुँदैनः सांसद सुवाल



काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउनु नहुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा सरकारले हचुवामा प्रश्तावहरु ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताउनुभएको हो । उहाँले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागरे देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको अर्थतन्त्र कमजोर बनिरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि आवश्यक काम गर्नुपर्ने बताउनु भयो । उहाँले गठबन्धन पद र पैसामा गर्नु नहुने भन्दै नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक छ । सरकारको रोहबर छाप बनाउनु हुँदैन । सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ, सरकारले विगतमा झैँ नगरे के होाल र ? सरकारले संसदमा हचुवामा प्रश्ताव ल्याउनु हुँदैन । हरेक निर्वाचन क्षेत्रबाट दुई दुई सय युवा वैदेशकि रोजगारीमा पठाउने निर्णय अहिले जटिल भयो ।

यसले नेपालको अर्थतन्त्र समाप्त पार्दैछ । जंगल मासेर रंगशाला र अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि उस्तै जटिल भयो । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल भारतको समर्थन लिनुपर्ने गरी कसले फसाएको हो ? नेमकिपाले यो विमानस्थालको प्रश्तावकै बेला प्रश्न उठाएको हो । गठबन्धन पद र पैसामा गर्नु हुँदैन । नेपालको हीत नहेर्नेहरु नेपाली नागरिक हुन सक्दैनन् ।’

सांसद सुवालले एसपीपी र एमसीसी नेपालको हीत विपरित रहेको रहेको भन्दै किन खारेज नगर्ने भन्दै संसदमा प्रश्न उठाउनु भयो ।