• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   एमाले सचिवालय बैठक जारी – फोटोफिचर ★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो ★   प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा ★   सहकारी छानविन विशेष समितिको निर्णय:राजनीतिक दलहरुसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने ★   ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै ढकाल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता ★   भ्रष्टाचारका फाइल खुल्नथालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आयो: गृहमन्त्री लामिछाने ★   चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण ★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश

सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत देखिँदैनः गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत नदेखिएको बताएका छन् ।

संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा दुईपटक भएको संसद विघटनको विषयले नै सत्ता गठबन्धनमा बेमेल हुने दाबी गरे ।

आजको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले संसद विघटन सोह्रै आना सही हो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई अफ्ठ्यारोमा पारेको थापाको भनाई छ ।

थापाले भने ‘संसदभित्र ध्यान दिएर हेरिरहेको छु । ओलीले हालको प्रधानमन्त्रीलाई अफ्ठ्यारोमा पार्नुभयो । संसद विघटन सोह्रै आना सही हो भनिरहँदा प्रचण्ड टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो । यो सामान्य कुरा लागे पनि यही कारणले बेमेल हुन सक्छ ।’ यस्तै, थापाले कांग्रेसले भोलि प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मत हाल्ने बताए ।