२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत ईलिमिनेटर खेलमा जित निकाल्दै विराटनगर सुपर किंग्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ । काठमाडौंलाई ९९ रनले पराजित गर्दै विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो ।

टियु मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा अलआउट हुँदै ८३ रन मात्र बनायो । काठमाडौंका लागि अविनाश बोहोराले ४ बलमा अविजित १६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए ।

विराटनगरका लागि सुर्य तामाङले ४ तथा कियोन जोसेफ र साहब आलमले समान २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ४९ बलमा ६१ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । रोहितले हुसेन तलतसँग मिलेर ९८ रनको साझेदारी गरेका थिए । विवेक यादवले १८ बलमा अविजित ४६ रन जोडे । यस्तै, हुसेन तलतले २३ बलमा ३८ रन बनाउँदा राज नाननले १७ बलमा १३ रन जोडे ।

काठमाडौंका लागि अनिल खरेल र कमल सिंह ऐरीले समान २-२ तथा अविनाश बोहोराी र गौतम केसीले समान १–१ विकेट लिए ।

आजको इलिमिनेटर खेलको बिजेता विराटनगरले फाईनलमा स्थान बनाउनका लागि आईतबार भएको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाईनल प्रवेशका लागि खेल्नेछ । पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आईतबार भएको पहिलो क्वालिफायरमा विजयी भएको लुम्बिनी अल स्टार फाईनलमा प्रवेश गरिसकेको छ । यस लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।