१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा

काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा
अ अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत ईलिमिनेटर खेलमा जित निकाल्दै विराटनगर सुपर किंग्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ । काठमाडौंलाई ९९ रनले पराजित गर्दै विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको हो ।

टियु मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा अलआउट हुँदै ८३ रन मात्र बनायो । काठमाडौंका लागि अविनाश बोहोराले ४ बलमा अविजित १६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए ।

विराटनगरका लागि सुर्य तामाङले ४ तथा कियोन जोसेफ र साहब आलमले समान २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ४९ बलमा ६१ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । रोहितले हुसेन तलतसँग मिलेर ९८ रनको साझेदारी गरेका थिए । विवेक यादवले १८ बलमा अविजित ४६ रन जोडे । यस्तै, हुसेन तलतले २३ बलमा ३८ रन बनाउँदा राज नाननले १७ बलमा १३ रन जोडे ।

काठमाडौंका लागि अनिल खरेल र कमल सिंह ऐरीले समान २-२ तथा अविनाश बोहोराी र गौतम केसीले समान १–१ विकेट लिए ।

आजको इलिमिनेटर खेलको बिजेता विराटनगरले फाईनलमा स्थान बनाउनका लागि आईतबार भएको पहिलो क्वालिफायरमा पराजित जनकपुर रोयल्ससँग फाईनल प्रवेशका लागि खेल्नेछ । पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आईतबार भएको पहिलो क्वालिफायरमा विजयी भएको लुम्बिनी अल स्टार फाईनलमा प्रवेश गरिसकेको छ । यस लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।