२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनमत पार्टी लागि पर्नेछः सिके राउत



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो पार्टी लागि पर्ने बताएका छन् ।

संसद बैठकमा पहिलो पटक सम्बोधन गर्न पाउने अवसर दिने जनतालाई धन्यवाद दिँदै राउतले आफ्नो क्षेत्रमा पूर्व अग्रज स्वर्गीय गजेन्द्र नारायण सिंह र यसअघिका सांसद उपेन्द्र यादवलाई स्मरण गर्दै जनताको पक्षमा काम गर्ने गरी आफू सदनमा आएको बताए ।

राउतले भने, ‘हामीलाई देशमा केही गरौँ भन्ने आवेग छ । यो आवेगमात्र होइन् अग्रजप्रति सम्मान पनि हो । लोकतान्त्रिक व्यवस्थामा पनि हाम्रो आस्था उत्तिकै सुदृढ रहेको छ ।’

तस्बिरः रत्न श्रेष्ठ-रासस