२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो



अ+ अ-

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई उडानको भाडा पनि घटेको छ । पुस २७ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाइएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा ८८५ रुपैयाँले घटेको छ । यसअघि उक्त रुटमा ८ हजार ३९५ रुपैयाँ भाडा रहेकामा अब ७ हजार ५१० रुपैयाँ लाग्नेछ । यससँगै उक्त रुटको फूल फेयर (अधिकतम) भाडा १६ हजार १४० मा झरेको छ ।

यस्तै, काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा ६८५ रुपैयाँले घटेर ५ हजार ८३५ रुपैयाँ कायम भएको छ । काठमाडौंदेखि भद्रपुर रुटको भाडा ६००, काठमाडौं–विराटनगर ४८५, काठमाडौं–जनकपुर २६०, काठमाडौं–भरतपुर २१५, र काठमाडौं पोखरा रुटको भाडा ३२० रुपैयाँले घटेको छ ।