२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश: मुख्यमन्त्रीमा खगराजको दाबी पेस



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गर्नुभएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र) का ८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई तथा स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेको सहित कूल ३३ सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

केन्द्रीय सत्ता गठबन्धनमा आइतबार बेलुका भएको प्रदेश भागबन्डामा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूरै कार्यकाल एमालेको भागमा परेको छ । एमालेले पूरै कार्यकाल पाएपछि मुख्यमन्त्रीमा दाबी गर्दै आएको माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।