२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले चन्द्र ढकालसँग आफूलाई तुलना गरेपछि…



अ+ अ-

काठमाडौं । राजधानीको एक पाँचतारे होटलमा आज नेपाल ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाडौँको एकीकृत सेवाको सुरुवातको कार्यक्रम थियो ।

प्रमुख अतिथि थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । स्वभावतः कुनै पनि कार्यक्रमको आकर्षण प्रमुख अतिथि नै हुन्छन् र आज पनि प्रचण्ड नै थिए । सरकारले पूणर्ता पाएको छैन, प्रधानमन्त्री पनि नवनिर्वाचित नै हुन् ।

आज संसद बैठक । त्यो पनि गत मंसिर ४ गतेको आम निर्वाचनपछिको पहिलो बैठक । पहिलो बैठकमा प्रधानमन्त्रीको सम्बोधन महत्वपूणर् नै हुन्छ । फेरि भोलि आफ्नो सरकारले विश्वासको मत लिने दिन । प्रधानमन्त्री व्यस्त हुनु स्वभाविकै हो, उनी व्यस्तै थिए ।

तर बंैक मर्जर कार्यक्रममा प्रमुख अतिथिका रुपमा उनले करिब डेढघन्टा समय दिए । उनले सम्बोधन पनि गरे । बैंक तथा वित्तीय क्षेत्रका लागि आजको यस कार्यक्रम एउटा ऐतिहासिक नै थियो, किनभने नेपाल सरकारको नीति पछ्याउँदै बिग मर्जरलाई अंगाल्दै आएको ग्लोबल आइएमइ बैंक नेपालको सबैभन्दा ठूलो बैंकका रुपमा स्थापित भएको थियो भने अर्कातर्फ बैंक मर्जर कार्यक्रममा नै प्रधानमन्त्री उपस्थित हुनु पनि कम महत्वको क्षण त्यो थिएन ।

यिनै विविध कारण कार्यक्रमका प्रमुख आकर्षक रहेका प्रचण्डले सम्बोधनको अन्त्यमा आफूलाई ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग गरेको तुलना झन् ठूलो रोमाञ्चक विषय बनेको थियो । यसअघि अध्यक्ष ढकालको सम्बोधनलाई बडो अभिरुचीपूर्वक सुनेका प्रचण्ड बोल्ने बेलामा केही भावुक बनेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो औपचारिक सम्बोधन सकेपछि भनेका थिए( ‘हेर्नुस् चन्द्र ढकालजी तपाईँको र मेरो जीवनका संघर्ष र यात्रा मलाई उस्तै उस्तै खालको लाग्छ । तपाई पनि बागलुङको एउटा सानो गाउँबाट आएको एक किसानको छोराले आज छोटै समयमा यति ठूलो प्रगति गर्नुभएको छ । मुलुकको आर्थिक क्षेत्रमा तपाईंको प्रगति र विकास छोटै समयमा उल्लेखनीय छ । म पनि गाउँबाटै, एउटा सानो परिवारमा जन्मिएँ र यहाँसम्म आएँ । म आज यो भूमिकामा, राष्ट्रको जुन जिम्मेवारीमा छु । हामी गाउँबाटै आएर यहाँ पुगेका छौँ । त्यसैले तपाईँ हामीले नै यो देशको उन्नति र प्रगतिका लागि केही गर्नुपछ, मिलेर नै केही गर्नुपर्छ र यो देशको विकासका लागि मिलेर अघि बढ्नुपर्छ ।’

यसअघि अध्यक्ष ढकालले आफूहरुको सानो प्रयासबाट दुई दशकभन्दा केही अघि मात्र सुरु गरेको आइएमइ रेमिटन्स, त्यसपछि फाइनान्स र बैंक हुँदै आज मुलुकको सबैभन्दा ठूलो बैंकसम्म पुगेकामा खुसी व्यक्त गरेका थिए ।

ढकालले नेपाली दाजुभाई दिदीबहिनीहरुले दुःखजिलो गरेर खाडीमा जम्मा गरेको दुइ चार पैसा रकम उनीहरुका आफन्तसम्म इमान्दारितासँग पुर्याइएकाले उनीहरुकै आशिर्वादले आफूहरुलाई व्यवसायमा सफलता मिलेको बताएका थिए । ढकालको यो प्रस्तुतिलाई चाखपूर्वक सुनेका प्रधानमन्त्री प्रचण्डले आफ्नो र ढकालले जीवन उस्तै रहेको भन्दै तुलना गरेका थिए ।