८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.54

Humidity: 83

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला: गृहमन्त्री लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मुलुकमा कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारबारे सरकार निर्मम ढंगले प्रस्तुत हुने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उहाँले भ्रष्टाचार र अपराधिक गतिविधिमा संलग्नहरुलाई छुटाउनका लागि कुनै पनि दवाव र प्रभाव पार्ने काम आफूलाई नगर्न पनि आग्रह गर्नु भयो । उहाँले आफू र आफ्नो दलमा सम्वद्ध सांसदहरुले भ्रष्टाचारलगायतका नागरिकहरुलाई दुःख दिने कुनै पनि काम नगर्ने र गरिहाले उनीहरुमाथि कडा कारबाही गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

वर्तमान सरकारको आफ्नो कार्यकाल सफल हुने र त्यसलाई सफल बनाउनका लागि आफू र आफ्नो पार्टीले इमान्दारिताका साथ योगदान पु¥याउने दावी समेत गर्नु भयो । उपप्रधानमन्त्री लामिछानेले आफू र आफ्नो दलले गल्ती गरे पदमा टाँसिएर बसिरहने पक्षमा नरहेको पनि पटकपटक दोहो¥याउनु भयो । सरकार गठनका बेला सत्तासाझेदार एमाले र माओवादी नेतृत्वबाट आएको प्रतिवद्धताबाट आफूहरु हौसिएको उल्लेख त्यसलाई पालना गरेर सर्वसाधारणको जीवनमा परिवर्तन ल्याउन नसकिए सरकारबाट आफ्नो पार्टी बाहिरिने उहाँको भनाई थियो । उपप्रधानमन्त्री लामिछानेले आफ्नो पार्टीले आम नागरिकको आशाको दियोलाई निभ्न नदिने दृढता समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु यो, ‘सरकारका प्राथमिकताहरुलाई मध्यनजर गर्दै आफूले सम्हालेको मन्त्रालयमा केही कामहरुको सुरुवात भईसकेका छन । जसले आम जनजीवनलाई सकारात्मक प्रभाव पार्नेछ । यस सम्मानित संसदमा गृह मन्त्रालय सम्हालेको एक जिम्मेवार मन्त्रीको रुपमा पनि र सांसदको रुपमा पनि र जनप्रतिनिधिको रुपमा पनि एउटा कुरा मैले भन्नै पर्ने हुन्छ कि हामी जनप्रतिनिधिहरु यदि जिम्मेवार हुन सक्यौ भने सरकारलाई आफ्नो न्यूनतम साझा कार्यक्रम पूरा गर्न निकै ठूलो मद्दत पुग्नेछ । हामीले सुन्नुपर्ने आम सर्वसाधारणको गुनासो हो । हामीले थाहा पाउनुपर्ने आम सर्वसाधारणको पीरमर्का हो । हामीले हल गर्नुपर्ने समस्या आम सर्वसाधारणके हो ।

तर हामी आफ्नै समस्याहरुमा, पीरमर्काहरुमा अल्झियौं, आफ्नै तानातानीमा अल्झियौ र ठूलो संख्यामा नागरिकहरु त्यसबाट छुटने अवस्था नहोस भन्नका लागि यहाँहरुमाझ म आग्रह गर्न चाहन्छु–कुनै पनि भ्रष्टाचारको विषयमा भएको छानवीन वा अनुसन्धानमा यहाँहरुले प्रभाव नपारी दिनुहोला । कुनै पनि अपराधिक गतिविधिमा यदि छानवीन भईरहेको छ भने त्यसलाई प्रभाव पार्नको निमित्त आफ्ना मान्छेहरु छुटाउनु प¥यो भन्ने किसिमका दवाव सृजना नगरिदिनु होला । यदि जे हो त्यही गर्ने, नीति, नियमलाई पालना गर्ने, ल एण्ड अर्डरलाई पालना गर्ने हो भने त्यसको सूरुवात यो गरिमामय संसदमा उपस्थित हामी सबैबाट हुनु पर्दछ । र, म छातीमा हात राखेर यो गरिमामय संसदमा भन्न चाहन्छु–म र म सम्वद्ध दलका कुनै पनि प्रतिनिधिहरुबाट, सांसदहरुबाट कुनै पनि किसिमको अनियमितता हुने छैन ।

कहीँकतै नागरिकलाई दुःख दिने काम हुने छैन । कुनै काण्डहरुमा हामी मुछिने छैनौं । म बाचा गर्न चाहन्छु–हामी मुलुक र मुलुकबासीका लागि हामीले हिजो गरेका बाचाहरु पूरा गर्नका लागि तयार भएर आएका छौं । कुनै पनि दिन तपाईहरुले हामीलाई साथ दिएका कारणले, हाम्रा सांसदहरुका कारणले शीर झुकाउनुपर्ने छैन । मेरो दलका कुनै पनि सांसदहरुले कुनै पनि किसिमको अनियमिततामा आफूलाई सहभागिता गराउने छैनन् । यो बाचा र जिम्मेवारी म यो गरिमामय संसदको गरिमामय रोष्टममा उभिएर छातीमा हात राखेर भन्न चाहन्छु । हामी कुनै पनि किसिमको अनियमितताको काम हामीबाट हुनेछैन । भएको खण्डमा निर्ममभन्दा निर्मम सजाय दिन तयार भएको बाचा आज यहाँ छातीमा हात राखेर मैले गर्न चाहेको कुरा यहाँ राख्न चाहेको छु । हामीले गरेको राजनीतिले आम सर्वसाधारणलाई छुनुपर्ने हो । तर आम सर्वसाधारणको जीवनमा हामीले गरेको राजनीतिले कति छोयो, कति छोएन ? त्यो चाँही निर्मम समीक्षा गर्नु पर्नेछ । र, सरकारमा सहभागी हुने हाम्रो यो निर्णयमा विशेष गरेर दुई ठूला राजनीतिक दलका शीर्ष नेताहरुज्यूको बैठकमा जुन प्रतिवद्धता उहाँहरुबाट व्यक्त भयो, त्यसबाट हामी हौसिएका छौं ।

कुनै पनि किसिमको दवाव र प्रभावमा नपरी जनताले महसुश गर्ने गरी काम गर्न हामी प्रतिवद्ध छौ, कटिवद्ध छौं भनेर जुन विश्वास दुई शिर्ष नेताज्यूहरुले गर्नु भएको छ, त्यो विश्वासमा हामी अडिएका छौं । त्यो एउटा राजनीतिक दलहरुले अर्को राजनीतिक दललाई गरेको विश्वासको रुपमा मात्र होइन, सरकार बनाउनका लागि जोडिएको हिसाव मात्रै होइन, यो हिसाव नेपाली जनताले खोज्नेछन । त्यो हिसाव नेपाली जनतालाई बुझाउनका निमित्त यस पटक कुनै कसर बाँकि राख्ने छैनौं भनेर शीर्ष नेताज्यूहरुबाट जुन वचनवद्धता आएको छ । यो बचनवद्धताले काम गर्नेछ । र, नेपाली नागरिकले महसुस गर्न सक्नेगरी सरकार अगाडि बढन सक्नेछ ।

यस अर्थमा सरकारमा हाम्रो सहभागिता त्यस अर्थमा रहेको छ । हाम्रो तर्फबाट यो प्रतिवद्धतामा कुनै कमीकमजोरी आएको खण्डमा सरकारमा, लोभमा वा पदमा टाँसिरहने छैनौं । यो बाचा पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही रोष्टमबाट गराउन चाहन्छु । हामी आफ्नो कर्तव्य पूरा गर्ने शिलशिलामा कहीँकतै चुक्यौ भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं । यसमा यहाँहरु निर्धक्क हुनुहोला । सत्ता साझेदार दलहरुलाई म यो बाचा पनि गर्न चाहन्छु । अन्त्यमा, गरिमामय यो संसदमा आउनुको पछाडि आम सर्वसाधारण नागरिकहरुको अपेक्षा छ, माया छ । विश्वास छ । त्यो विश्वासको दियोलाई हामी कहिल्यै निभ्न दिने छैनौं, चाहे जतिसुकै ठूलो आँधिहुरी आओस् । त्यो दियोलाई बाली राख्ने छौं । जोलाई राख्नेछौं । सरकारको कार्यकाल पूर्ण रुपमा सफल हुनेछ भन्ने कुरामा विश्वस्त हुने र त्यसमा आफ्नो तर्फबाट इमान्दार योगदान दिने बाचा गर्दै विदा हुन्छु, धन्यवाद ।’

उपप्रधानमन्त्री लामिछानेले जनमतलाई सम्मान गरेर आफ्नो पार्टी सरकारमा सहभागी भएको बताउनु भयो । जनमत अनुसार सरकार बनेको र जनताको अपेक्षा अनुसार काम हुने गरी सरकारले केही दिनमै साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी गरिरहेको उहाँको भनाई थियो । उपप्रधानमन्त्री लामिछानेले जनमतको सम्मान गर्दै आफूहरु सरकारमा गएको र उनीहरुसँग गरिएको बाचा पूरा गर्न लागि पर्ने समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘पार्टीको रुपमा एउटा नयाँ पार्टीको उदय नेपालको राजनीतिक इतिहासमा त्यति ठूलो कुरा होइन होला । तर जुन समयावधि भित्र हामीले विश्वास प्राप्त गरेका छौ ं। त्यो विश्वास एउटा दललाई अथवा त्यस दलका कुनै उम्मेदवारलाई कसैले दिएको मत मात्रै होइन । अव यो मुलुकमा परिवर्तन आवश्यक छ भन्ने र नेपाली जनताहरुले ब्यूताएका घण्टीको ध्वनी हो । यो ध्वनीलाई सम्मानित संसदले सुन्ने छ, सिंगो देशले सुन्नेछ । र, यो संसदले नेपाली जनताको हितका लागि र मुलुकको हितका लागि त्यसलाई सदूपयोग गर्नेछ भन्ने म विश्वास राख्न चाहन्छु ।

हामीलाई लाग्ने गरेको शंका भनौं अथवा लाञ्छना छ कि तपाईहरुले प्राप्त गर्नु भएको मत निराशाको मत हो भन्नु भएको छ । तर म यसलाई निराशाको मत होइन, देशलाई नेपाली जनताले दिनु भएको आशाको मत हो भन्न चाहन्छु । यो आशाको मत केवल हाम्रो दलका लागि मात्र होइन, यो आशाको मत सम्पूर्ण राजनीतिक दलहरुमाथि फेरी पनि गरिएको आशाको मत हो । म त्यसैगरी बुझ्न पनि सबैलाई अनुरोध गर्न चाहन्छु । नेपाली जनताले यस पटक जानेर वा नजानेर असाध्यै राम्रो मतदान गरेको हामीले पाएका छौं । हामी जस्ता नयाँ राजनीतिक दललाई पनि नमात्तिने गरी त्यत्ति संख्यामा मत दिनु भएको छ । र, पूराना राजनीतिक दलहरुलाई पनि अव त सच्चिनु पर्छ होला है भन्ने गरी घटाई दिनु भएको छ । त्यसकारण यस अर्थमा पनि केही सचेत गराउने गरी आएको यो मतलाई हामीले स्वागत गर्नु पर्दछ भन्ने म ठान्दछु । जनमत अनुसार सरकार बनेको कुरा पटकपटक सम्मानीय प्रधानमन्त्रीज्यूले भन्नु भएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु । यस पटक आम नेपाली जनताले जस्तो जनमत दिनु भएको थियो । त्यही जनमत अनुसारको सरकार बनेको छ । हुनत लामो समयदेखि मुलुक प्रतिपक्षविहीन भएको कुरा चुनाव अगाडि हामीले उठाउँदै आएको विषय हो ।

प्रतिपक्षविहीन संसद भयो पनि भन्ने अनि मौका पाउनसाथ सरकारमा प्रवेश गरिहाल्ने भन्ने प्रश्न पनि हामी माझ उभिएको छ । तर वास्तविकता त्यस्तो होइन । यस पटक नेपाली नागरिकले दिएको मतको सम्मान गर्दै साझा न्यूनतम साझा कार्यक्रममार्फत् सम्बोधन गर्नेगरी जसरी सरकार बनेको छ । त्यो नै जनमतको सच्चा कदर हो । जनमतको सम्मान हो भन्ने हामीलाई लागेको छ । त्यसै अनुसार यस पटक सरकार बनेको हो भन्ने मैले ठानेको छु । न्यूनतम साझा कार्यक्रममार्फत् हामीले कम्तिमा पनि जनजीविकाका सवालमा निर्मम भएर अगाडि बढने जुन बाचा गरेका छौं । त्यसलाई इमान्दारितापूर्वक हामीले पूरा गर्न सक्यौ भने जनताले महसुश गर्ने गरी परिवर्तन यो देशमा आउनेछ भन्ने कुरामा हामी निर्धक्क भएका छौं । यो न्यूनतम साझा कार्यक्रमले जनजीविकाका सवालमा खरो भएर काम गर्नेछ । जसको सार्वजनिकीकरण हामी छोटो समय भित्र गर्ने तयारीमा छौं ।’

उपप्रधानमन्त्री लामिछानेले जनताको चाहना अनुसार सरकारलाई अघि बढाउन रचनात्मक सुझाव दिन प्रतिपक्ष दलहरुलाई पनि आग्रह गर्नु भयो । उहाँले जनताको अपेक्षा अनुसार काम नभए मुलुकमा निराशा छाउने भएकाले त्यसो हुन नदिन संसद र सबै राजनीतिक दलहर सचेत रहनु पर्ने बताउनु भयो । उपप्रधानमन्त्री लामिछानेले नेपाली जनताले विगतमा भएको बेथितिबाट मुक्ति चाहेकाले सरकार त्यसको अन्त्य गर्न लागि परेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘संसद प्रतिपक्षको हो । प्रतिपक्ष दलले रचनात्मक रुपमा सुझाव, सल्लाह दिन सकेको खण्डमा सरकारले त्यो खवरदारीलाई आत्मासात गर्दै जनताको चाहना अनुरुपको कार्यहरु गर्न अगाडि बढनेछ ।

म यो अपेक्षा पनि गर्दछु कि प्रतिपक्ष दलबाट अडकाउने होइन, सघाउने काम हुनेछ भन्ने कुरा पनि म आशा गर्न चाहन्छु । सबैभन्दा महत्वपूर्ण कुरा हामी जस्ता नयाँ राजनीतिक दलहरुको आगमनको कुरा यो जनताको अपेक्षा अनुसार भएको आगमन हो । त्यो अपेक्षामा कुनै कारणले कुठाराघात भयो भने एउटा चरम निराशामा मुलुक जानेछ । यस कुराको हेक्का हामी छ । र, सम्पूर्ण राजनीतिक दलहरुलाई पनि छ होला । नभए पनि भयो होला भन्ने मैले अपेक्षा गरेको छु । यस अगाडि यो मुलुकमा भएका तमाम बेथितिहरु, त्यसको जवाफदेहिता नेपाली जनताले खोजेका छन । आज संविधान प्राप्त भईसकेपछि दोस्रो पटक यो संसद अधिवेशनको पहिलो दिनमा हामीले भन्नैपर्छ–वर्षौदेखि भ्रष्टाचारका विभिन्न काण्ठहरु मच्चाएको र जनता निराश भएको अवस्थामा के अवको संसदले त्यो भारी बोकिरहन्छ कि त्यो भारीलाई बिसाउँछ ? र, भ्रष्टाचारको सम्पूर्ण पुराना फाईलहरु खोल्नका लागि ऐक्यवद्धता कायम गर्छ ? मलाई विश्वास छ लिखित रुपमा हामीले साझा न्यूनतम कार्यक्रममार्फत कुनै पनि कालखण्डका भएका भ्रष्टाचारको निर्मय छानवीन गर्ने भन्ने कुरा त्यस भित्र एउटा बूँदाको रुपमा राखेका छौं । त्यसलाई इमान्दारिताका साथ पालना गर्नेछौं ।

जनमतको सच्चा सम्मान त्यतिखेर हुनेछ, जुन लिखित रुपमा हामीले गरेका बाचा हामी विशेष गरेर अहिले सत्ता साझेदार दलहरुबाट बनेको सरकार सक्षम हुनेछ । हामी त्यो घडीको प्रतिक्षामा छौं भन्ने कुरा आम नागरिकलाई हामीले बताउनै पर्नेछ । अर्थात् कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार, त्यसका विरुद्धमा सरकार निर्मम भएर खडा हुन्छ । आज यो गरिमामय संसदमा यो कुराको जानकारी स्वदेश, विदेश जहाँ रहेर पनि हेरिरहनुभएका सम्पूर्ण आम नागरिकहरुलाई हामीले बताउनै पर्ने हुन्छ । ’

उपप्रधानमन्त्री लामिछानेले आफूले सम्हालेको मन्त्रालयमा सुधारका संकेत देखिएको दावी गर्दै त्यसमा साथ दिन पनि सबै पक्षको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।