• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

वागमती प्रदेशको मुख्यमन्त्रीमा जम्कट्टेल नियुक्त



हेटौंडा । वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

जम्कट्टेललाई एमालेबाट २७, माओवादी केन्द्रबाट २१, राप्रपाबाट ३, नेकपा एकीकृत समाजवादीबाट ७ र हाम्रो नेपाली पार्टीको २ गरी ७० जनाको समर्थन रहेको छ ।

जम्कट्टेल मंसिर ४ गते सम्पन्न निर्वाचनमा धादिङ १(२) बाट निर्वाचित भएका थिए ।