१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले कुनै एक राजनीतिक दललाई मात्र विश्वास गर्न सकेनन्: राजेन्द्र लिङ्देन



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा राप्रपा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाहका आधारमा दृढताका साथ अगाडि बढ्ने बताउनुभएको छ ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उहाँले हामी कसैले पनि म मात्र अगाडि बढ्छु भन्ने अवस्था नरहेको बताउनुभयो ।

जनताले कुनै एक राजनीतिक दलामाथि मात्र विश्वास गर्न नसकेको अहिलेको जनादेशले देखाएको भन्दै उहाँले एक्लै र एउटै विचारले नसक्ने भएकाले सबै राजनीतिक दल र विचारलाई मिलाएर जान सक्छौँ भन्ने जनादेश प्राप्त भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले मुलुकको अर्थतन्त्र ओरालो लागेको, बेरोजगारी बढेको, मल र बीउको अभाव भएको र विकास निर्माण सुस्त तथा ठप्प भएको समस्याको चाङमा हामी आएको उल्लेख गर्नुभयो ।

उहाँले विचारभन्दा माथि देश रहेको र देशभन्दा माथि केही नरहेको उल्लेख गर्दै भन्नुभयो, “देशलाई शीरमा राखेर मुलकुका समस्यालाई सामूहिकरुपमा समाधान गर्न अग्रसर हुन सकौँ ।”

 तस्बिरः रत्न श्रेष्ठ-रासस