• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   डेलिभरी’मा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री ★   मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस ★   ‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित ★   ‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’ ★   शनिबार भक्तपुरमा वः फेस्टिबल, नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्य ★   पाकिस्तान भर्सेस अमेरिकाः नाम अमेरिका, जिताउने ‘भारतीय’ ★   विश्वकप छनोटः नेपाल यूएईसँग ४–० ले पराजित ★   मधेसमा सतिश सिंह मुख्यमन्त्री बन्दै, सपथ आजै ★   गठबन्धनमा खटपट : बजेटमा असन्तुष्ट एमाले मन्त्री फेर्नसमेत असहमत ! ★   टी–२० विश्वकपः पाकिस्तान पहिलो पटक आईसीसीको पूर्ण सदस्य नभएको टोलीसँग पराजित

जनताले कुनै एक राजनीतिक दललाई मात्र विश्वास गर्न सकेनन्: राजेन्द्र लिङ्देन



file

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा राप्रपा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाहका आधारमा दृढताका साथ अगाडि बढ्ने बताउनुभएको छ ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उहाँले हामी कसैले पनि म मात्र अगाडि बढ्छु भन्ने अवस्था नरहेको बताउनुभयो ।

जनताले कुनै एक राजनीतिक दलामाथि मात्र विश्वास गर्न नसकेको अहिलेको जनादेशले देखाएको भन्दै उहाँले एक्लै र एउटै विचारले नसक्ने भएकाले सबै राजनीतिक दल र विचारलाई मिलाएर जान सक्छौँ भन्ने जनादेश प्राप्त भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले मुलुकको अर्थतन्त्र ओरालो लागेको, बेरोजगारी बढेको, मल र बीउको अभाव भएको र विकास निर्माण सुस्त तथा ठप्प भएको समस्याको चाङमा हामी आएको उल्लेख गर्नुभयो ।

उहाँले विचारभन्दा माथि देश रहेको र देशभन्दा माथि केही नरहेको उल्लेख गर्दै भन्नुभयो, “देशलाई शीरमा राखेर मुलकुका समस्यालाई सामूहिकरुपमा समाधान गर्न अग्रसर हुन सकौँ ।”

 तस्बिरः रत्न श्रेष्ठ-रासस