१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न रविको पार्टीका सांसदलाई निर्देशन



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

रास्वपा संसदीय दलको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष लामिछानेले सांसदहरुलाई संसदीय बैठकमा जनताले दिएको जिम्मेबारी पूरा गर्नका लागि लाग्न निर्देशन दिनुभयो ।

रास्वपा आफैँ पनि सत्ता साझेदार दल भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अन्य दललाई पनि आग्रह गरिने उहाँको भनाइ थियो । उहाँले पार्टी नै सरकारमा रहेकाले विश्वासको मत दिनका लागि आफ्ना पार्टीका सांसदहरुलाई ह्विप लगाउन आवश्यक नपर्ने भन्दै त्यो सांसदहरुको जिम्मेबारी भएको बताउनुभयो ।