• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो ★   टीम इन्डियाको मुख्य प्रशिक्षक बन्न गौतम गम्भीरले अन्तर्वार्ता दिँदै ★   राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔँ: सांसद पन्त ★   प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ: सांसद पौडेल ★   गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भिर गल्ती गरे: काँग्रेस सांसद केसी ★   उत्तर कोरियाली सैनिकले सीमा पार प्रयास गर्दा सियोलको चेतावनी गोली ★   कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन ★   पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने ★   बानेश्वरमा सहकारी छानबिन समितिको बैठक जारी ★   सोनाक्षी र जहीर इकबालले २३ जुनमा कोर्ट म्यारिज गर्ने

बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुन्छः अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले विकास खर्च नबढाएसम्म अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण रहेको भन्दै आर्थिक स्थितिलाई सुधार गर्दै जान आवश्यक रहेको बताउनु भयो । उहाँले तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको पनि बताउनु भयो । उहाँले वर्तमान अवस्थामा केही सुधारको अवस्था देखिएको बताउनु भयो । उहाँले सरकारी खर्च बढाउन निजी क्षेत्रले सरकारसँग पहिलो माग गरेको बताउनु भयो । उहाँले मौद्रिक नीतिमा क्यालकुलेट रिस्क लिनैपर्ने अहिलेको आवश्यक्ता भएको बताउनु भयो । उहाँले सेफ्टी हेरेर मात्रै अघि बढ्ने हो भने समृद्धिको अपेक्षा पूरा गर्न नसकिने बताउनु भयो । उहाँले बैंक बलियो भएमात्रै अर्थतन्त्र सबल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैंक बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो । बैंकले नाफा गर्नैपर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ । बैंक बलियो भएपछि मात्रै अर्थतन्त्त सबल हुनेछ । आर्थिक परिदृश्य चुनौतिपूर्ण समयमा छौँ राजश्व घटेको छ, रोजगारी गुमाएका छन्, मुद्रास्फिीर्ति ८ देखि ९ प्रतिशतसम्म पुगेको छ । मनोबल गिरेको छ । तरलताको अभावमा व्यापारहरु संकुचनमा गएकाले निजी क्षेत्रको मनोबल गिरेको छ । केही सुधारका संकेत देखिएका छन्, तरलतामा सुधार भएको छ, रेमिट्यान्स बडढेको छ । व्यापार व्यवसाय सुधार भएको देखिएको छ । सरकारी खर्च बढ्नुपर्छ, सरकारले जबसम्म विकास खर्च बढाउँदैन अर्थतन्त्र चलायमान हुँदैन । मौद्रिक नीतिमा क्याकुलेटेट रेस्क लिनैपर्छ । सेफ्टी हेरेर अघि बढ््ने हो भने हामी लक्ष्यअनुसार पुग्दैन । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाइकन समृद्धि पाउन सकिँदैन । कसरी लगानी प्रेरित गर्ने, कसरी उकास्ने निजी क्षेत्रलाई भन्नेकुरामा सोच्नुपर्छ ।’

अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि सम्भव नरहेको बताउनु भयो ।