विराटनगर । प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम हुने भएका छन् । सत्ता साझेदार दलहरूका बिचमा सिट बाँडफाँड हुँदा प्रदेश १ को सभामुखको भाग माओवादीलाई परेसँगै पार्टिले गौतमलाई सभामुख बनाउने तयारी गरेको हो ।
गौतम ओखलढुंगा १(२)बाट निर्वाचित भएका हुन् ।
यसअघि संखुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीलाई सभामुख बनाउने चर्चा थियो । तर माओवादीले अन्तिममा गौतमलाई सभामुख बनाउने निर्णय गरेको हो ।