१७ श्रावण २०८३, आईतवार
,
Latest
हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा, ९० प्रतिशतभन्दा बढी कालोपत्र यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ओलीद्वारा अमात्य र पन्तको किसान आन्दोलनको विरासत अघि बढाउन आग्रह पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गोठाटारमा भीषण आगलागी, १४ पसल जले सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिकोलाई बार्सिलोनाले हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई उसकै घरेलु मैदानमा १–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको २२ औं मिनेटमा ओस्माने डेम्बेलेले गरे । पेड्री र गाभीको कम्बिनेसनमा डेम्बेलेले गोल गर्न सफल रहे । पेड्रीले गाभीलाई पास दिलाए र गाभीले मार्कमा रहेका डेम्बेलेतर्फ बल उपलब्ध गराए । डेम्बेलेले अवसर खेर जान दिएनन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिमतिर दुबै टिमका एक–एक खेलाडीले रातो कार्ड पाए । बार्सिलोनाका फेरान टोरेस र एट्लेटिकोका स्टेफान साभिचबीच मैदानमै एकअर्कामाथि बलजफ्ती गर्दै लडेपछि रेफ्रीले दुबैलाई रातो कार्ड देखाए ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग ३ अंकको दुरी बढाएको छ । १६ खेलबाट बार्सिलोनाको ४१ अंक छ । यता पराजित एट्लेटिको समान खेलबाट २७ अंकसहित पाँचौं स्थानमा छ ।