• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

एट्लेटिकोलाई बार्सिलोनाले हरायो



एजेन्सी । स्पेनिस फुटबल ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई उसकै घरेलु मैदानमा १–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको २२ औं मिनेटमा ओस्माने डेम्बेलेले गरे । पेड्री र गाभीको कम्बिनेसनमा डेम्बेलेले गोल गर्न सफल रहे । पेड्रीले गाभीलाई पास दिलाए र गाभीले मार्कमा रहेका डेम्बेलेतर्फ बल उपलब्ध गराए । डेम्बेलेले अवसर खेर जान दिएनन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिमतिर दुबै टिमका एक–एक खेलाडीले रातो कार्ड पाए । बार्सिलोनाका फेरान टोरेस र एट्लेटिकोका स्टेफान साभिचबीच मैदानमै एकअर्कामाथि बलजफ्ती गर्दै लडेपछि रेफ्रीले दुबैलाई रातो कार्ड देखाए ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग ३ अंकको दुरी बढाएको छ । १६ खेलबाट बार्सिलोनाको ४१ अंक छ । यता पराजित एट्लेटिको समान खेलबाट २७ अंकसहित पाँचौं स्थानमा छ ।