३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते



अ+ अ-

एजेन्सी । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् ।

दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु रहेका थिए ।

“यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,” पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भन्नुभयो ।

स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उहाँले बताउनुभयो ।

भग्नावशेष र भत्किएका बसहरू हटाइसकिएको र सामान्य यातायात सुचारु भएको उहाँले बताउनुभयो ।

गभर्नर र स्थानीय अधिकारीहरूले घटनास्थलको भ्रमण गरेको उहाँले बताउनुभयो ।

सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरूले बताएका छन् ।

यद्यपि यो हालैका वर्षहरूमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो ।