९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘ह्यारी की प्यारी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशक डा. कपिल रिजालले चलचित्रको कार्यक्रम सोचेको जस्तो नै भएको र चलचित्र पनि राम्रो बनेको बताउनु भयो ।

उहाँले राम्रो तरिकाले फिल्म बनाउँदा ठग्छन् भन्ने गरेका भएपनि आफूले अहिलेसम्म पनि ठग नभेटेको बताउनु भयो । उहाँले नेपाली चलचित्रमा ठग छैनन् भन्न भने नमिल्ने बताउनु भयो । त्यस्तै अभिनेता जितु नेपालले आफूलाई कमेडीको रुपमा दर्शकले बुझेपनि चलचित्रमा आफ्नो पात्र फरक भएको बताउनु भयो ।

उहाँले चलचित्रमा आफ्नो जीवनमा फिल्म ‘ह्यारी की प्यारी’ कोशेढुंगा भएको बताउनु भयो । उहाँले आफूले फिल्ममा भावनात्मक पात्रको भुमिका निभएको बताउनु भयो । त्यस्तै कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्न साइन गर्दा अभिनेताको रुपमा जितु नेपाल भन्दा छक्क परेको बताउनु भयो ।

माघ २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ ।

डा. कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्नुभएको हो ।

सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।