२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरलाई ६ रनले हराउँदै लुम्बिनी नेपाल टी–२० लिगको फाइनलमा



अ+ अ-

काठमाडौँ । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी उपाधि नजिक पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले जनकपुरसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनायो ।

जनकपुरका लागि सामिउल्लाह सिनवारिले सर्वाधिक ४५ रन बनाए । ओपनर शरार्फुदिन असरफ २४ रनमा आउट हुँदा कप्तान ट्रेभोन ग्रिफितले १० रन जोडे भने राजश पुलामी १३ रनमा आउट हुँदा पवन शर्राफ ३० रनमा अविजित रहे ।

लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई विकेट लिए । भने, शेड्ली भान स्केल्कवेले एक विकेट लिए ।

उता, लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाए भने अनिल शाहले २४ रन बनाए । विपुल शर्माले २० रन बनाउँदा श्याड्ली भान १७ रनमा अविजित रहे । यस्तै लाहिरु मिलान्थाले १६ रन बनाए ।

जनकपुरका लागि बलिङ गरेका जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २/२ विकेट लिए भने पवन सराफ र ट्राभोन ग्रिफिथले समान १/१ विकेट लिए ।

पराजित जनकपुरले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।