• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड ★   सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँ सम्मको वचत फिर्ता गर्ने सरकारको घोषणा

जनकपुरलाई ६ रनले हराउँदै लुम्बिनी नेपाल टी–२० लिगको फाइनलमा



काठमाडौँ । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी उपाधि नजिक पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले जनकपुरसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनायो ।

जनकपुरका लागि सामिउल्लाह सिनवारिले सर्वाधिक ४५ रन बनाए । ओपनर शरार्फुदिन असरफ २४ रनमा आउट हुँदा कप्तान ट्रेभोन ग्रिफितले १० रन जोडे भने राजश पुलामी १३ रनमा आउट हुँदा पवन शर्राफ ३० रनमा अविजित रहे ।

लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई विकेट लिए । भने, शेड्ली भान स्केल्कवेले एक विकेट लिए ।

उता, लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाए भने अनिल शाहले २४ रन बनाए । विपुल शर्माले २० रन बनाउँदा श्याड्ली भान १७ रनमा अविजित रहे । यस्तै लाहिरु मिलान्थाले १६ रन बनाए ।

जनकपुरका लागि बलिङ गरेका जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २/२ विकेट लिए भने पवन सराफ र ट्राभोन ग्रिफिथले समान १/१ विकेट लिए ।

पराजित जनकपुरले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।