२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

पुस २६ गते सरकारलाई विश्वासको मत दिनुपर्ने परिस्थितिका माझ सो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको हो ।

काठमाडौंको बबरमहलसिथत पार्टी केन्द्रिय कार्यालयमा आईतबार बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा केन्द्रित भएर छलफल हुने नेता जितेन्द्र सोनलले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकमा पार्टीको संगठन सुदृढिकरण र विस्तारको कामलाई पनि अघि बढाउने विषयमा छलफल हुने एजेण्डा तय गरिएको छ । नेता सोनलले भन्नु भयो, ‘हामी हाम्रो संगठन केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तह समेतमा कसरी विस्तार र सुदृढ गर्ने त्यस सम्बन्धमा यो बैठक केन्द्रित हुन्छ । र, समसामयिक राजनीतिकको सन्दर्भमा पनि बैठकमा छलफल हुन्छ । नेपाली काँग्रेस लगायतका जुन पाँच दलीय गठबन्धन थियो ।’

‘त्यही गठबन्धनमा हामी चुनाव लड्यौं । अव अर्को गठबन्धनमा सरकार बनेको छ । हामीले के गर्ने, कुन दिशा लिने ? नेपाली काँग्रेससँग हाम्रो सम्बन्ध के रहने, वर्तमान सरकारसँग हाम्रो सम्बन्ध कसरी रहने लगायतका जो विषय छ । हामीले उठान गरेको माग, मुद्दाको सन्दर्भमा छ । नागरिकता विधेयकको विषय छ । यी सबै समसामयिक राजनीतिक मुद्दा भित्र पर्दछ । ती सबै विषयमा हामी छलफल गर्छौं ।’

नयाँ सरकारमा पार्टीको सहभागित हुने, नहुनेबारे, नागरिकता विधेयकलाई अघि बढाउने बारे र जेलमा रहेका पार्टीका नेता, कार्यकर्तालाई रिहाई गर्न सरकारलाई दवाव दिने विषयमा पनि छलफल हुने जसपाले जनाएको छ ।