१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा सभामुखको निर्वाचन पुष २८ गते



अ+ अ-

काठमाडौँ । प्रदेश १ को सभामुख निर्वाचन यही पुष २८ गते हुने भएको छ । आइतबार संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले उक्त मितिमा सभामुखको निर्वाचन गराउने निर्णय गरेको हो ।

यस्तै उपसभामुखको निर्वाचन ३० गते गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । उनका अनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुने छ ।

मुख्यमन्त्री एमालेले पाउने र सभामुख पद नेकपा माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन् । माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र सङ्खुवासभाका राजेन्द्र कार्कीले दाबी गरेका छन् ।