६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा सभामुखको निर्वाचन पुष २८ गते



अ+ अ-

काठमाडौँ । प्रदेश १ को सभामुख निर्वाचन यही पुष २८ गते हुने भएको छ । आइतबार संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले उक्त मितिमा सभामुखको निर्वाचन गराउने निर्णय गरेको हो ।

यस्तै उपसभामुखको निर्वाचन ३० गते गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । उनका अनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुने छ ।

मुख्यमन्त्री एमालेले पाउने र सभामुख पद नेकपा माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन् । माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र सङ्खुवासभाका राजेन्द्र कार्कीले दाबी गरेका छन् ।