२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाईनल प्रवेशका लागि लुम्बिनीले जनकपुरलाई दियो १४४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई जितको लागि १ सय ४४ रनको लक्ष्य दिएको छ ।

किर्तिपूरको टियू मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । लुम्बिनीका लागि ईशान पाण्डेले ३८ रन बनाए भने अनिल शाहले २४ रन बनाए । विपुल शर्माले २० रन बनाउँदा श्याड्ली भान १७ रनमा अविजित रहे । यस्तै लाहिरु मिलान्थाले १६ रन बनाए ।

जनकपुरका लागि बलिङ गरेका जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २/२ विकेट लिए भने पवन सराफ र ट्राभोन ग्रिफिथले समान १/१ विकेट लिए ।

आजको बिजेताले फाईनलमा सिधै स्थान बनाउँने छ भने पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।

लुम्बिनी र जनकपुरले यस लिगको समूह चरणमा भएको दुई खेलमा एकआपसविरुद्ध १/१ खेल जितेका छन् ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।