• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

जन्मदिनमा आफ्नो हिरोलाई भेट्न नपाएपछि फ्यानले गरे आत्महत्या



एजेन्सी । ‘केजीएफ’ स्टार यशले आज आफ्नो ३७ औं जन्मदिन बनाउँदैछन् । यश अब कन्नड सिनेमाको एक्लो सुपरस्टार रहेनन् । उनका फ्यान भारतमा मात्र नभई विश्वभरनै फैलिएका छन् ।

उनका फ्यान तमिलनाडुमा रजनीकान्तका फ्यानजस्तै छन् । २०१९ मा यशले आफ्नो जन्मदिन नमनाउने बताएका थिए । यद्यपि उनको घरबाहिर फ्यानहरुको ठूलो भीड जम्मा भएको थियो ।

यश घरबाट बाहिर ननिस्केपछि फ्यानले आफैँलाई पेट्रोल छर्काएर आगो लगाए । उनको अन्त्येष्टिमा यश उपस्थित हुने इच्छा राख्दै एक फ्यानले आत्महत्या गरे, उनले आफ्नो सुसाइड नोटमा यस्तो अन्तिम इच्छा लेखेका थिए । कोही फ्यानले यशको लागि ५००० किलोको केक बनाए, कोहीले संसारकै अग्लो कटआउट बनाए ।

यशको जन्मदिनको विशेष अवसरमा उनलाई एक झलक पाउनको लागि उनको घरबाहिर हजारौंको भीड लागेको थियो । सन् २०१९ मा पनि यस्तै भएको थियो । भीडमा एकजना पनि थिए जसले सुरक्षा तोडेर यशको घरभित्र पस्न खोजिरहेका थिए । सुरक्षाकर्मीले रोकेपछि उनले आफूमाथि पेट्रोल छर्केर आगो लगाए ।

घटनास्थलमा उपस्थित मानिसले आगो निभाएर गम्भीर अवस्थामा उनलाई अस्पताल पुर्याएका थिए । उपचारका क्रममा फ्यानले लगातार यशको नाम लिएर डाक्टरलाई यश भेट्न आएको हो कि भनेर सोधिरहे । तर, त्यो फ्यानको निधन भयो । यशले यो कुरा थाहा पाउने बित्तिकै उनलाई भेट्न अस्पताल गए । पछि उनले भिडियो रिलिज गर्दै यस्तो गर्ने जो कोही मेरो फ्यान हुन नसक्ने बताए ।

सन् २०२१ मा कर्नाटकको मण्ड्या सहर नजिकै कोडिदोड्डी गाउँमा बस्ने २५ वर्षीय रामकृष्णले झुण्डिएर आत्महत्या गरेका थिए । उनले सुसाइड नोटमा लेखेका थिए कि ‘म केजीएफ स्टार यश र राजनीतिज्ञ सिद्धरामैयाको ठूलो फ्यान हुँ। मेरो अन्तिम इच्छा यश र सिद्धरामैया मेरो अन्तिम संस्कारमा उपस्थित होउन् भन्ने चाहन्छु ।’

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार कर्नाटकको राजश्री सिनेमामा यशको फिल्म हेर्न गएका दुई फ्यानबीच झडप भएको थियो । वास्तवमा फिल्म हेर्न आएका वसन्त नामका व्यक्तिले आफ्नो खुट्टा दोस्रो सिटभन्दा माथि राखेका थिए । फिल्म हेरिरहेका एक व्यक्तिलाई यो पटक्कै मन परेन । सुरुमा दुवैबीच धेरै विवाद भयो र त्यसपछि अर्को व्यक्ति थिएटर छोडे । केही समयपछि त्यो व्यक्ति फर्किए र वसन्तमाथि गोली हाने । समयमै अस्पताल पुर्‍याउँदा वसन्तको ज्यान जोगियो ।

२०२० मा यशको जन्मदिनको विशेष अवसरमा, उनका फ्यानहरूले सबैभन्दा ठूलो सेलिब्रेटी केकको लागि विश्व रेकर्ड बनाए । फ्यानले यशको जन्मदिनमा ५ हजार किलोको केक बनाएका थिए जसमा लेखिएको थियो, ‘ह्याप्पी बर्थडे यश बोस’ । यो केक बनाउने रामभवन स्वीटको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा थपिएको छ ।

२०२० मा यशको जन्मदिनमा उनका फ्यानहरूले उनको ठूलो ‘कटआउट’ बनाए । यो २१६ फिट अग्लो कटआउट संसारमा अहिलेसम्मकै सबैभन्दा ठूलो कटआउट हो । यो नन्दी लिंक रोड, बैंगलोर मा तयार गरिएको थियो ।

यशको जन्म ८ जनवरी १९८६ मा कर्नाटकको हसन गाउँमा भएको थियो । यशका बुबा बैंगलोर यातायात निगममा बस चालक थिए । यसबाहेक यशको घरमा एउटा सानो किराना पसल थियो, जहाँ यश अक्सर बस्ने गर्दथे ।

मैसूरमा स्कुल पढ्दा यश नृत्य र अभिनय प्रतियोगितामा भाग लिन्थे यशको अभिनय र नृत्य देखेर मानिसहरूले उनको धेरै प्रशंसा गरे, जसका कारण उनले नायक बन्ने निर्णय गरे। यश १० कक्षापछि विद्यालय छोडेर अभिनयमा करियर बनाउने तयारीमा थिए तर परिवारका सदस्य भने त्यसको विरोधमा थिए ।प रिवारको दबाबमा यशले स्कुलको पढाइ पूरा गरे ।

जब यशले आफू हिरो बन्न चाहन्छु भने, परिवारका सदस्यहरू असाध्यै रिसाए, किनभने परिवारका सदस्यहरू यशलाई पढेर सरकारी अफिसर बनेको चाहन्थे । जब परिवारले उनलाई हिरो बन्न बैंगलोर पठाउन अस्वीकार गरे, यशले उनलाई जान नदिने परिवारसँग सबै सम्बन्ध तोड्ने धम्की दिए । यशको जिद्दीमा परिवार राजी भए तर यश फर्किए फेरि जाने मौका नदिने सर्त राखे ।

२००३ मा, १६ वर्षीय यश ३०० रुपैयाँमा मैसूरबाट बैंगलोर गए । यहाँ उनले सहायक निर्देशकको काम पाए तर दुई दिनको छायांकनपछि फिल्म रोकियो । यशसँग फिर्ता जाने विकल्प थिएन, त्यसैले उनी त्यही थिएटर समूह बेनाका ड्रामा कम्पनीको हिस्सा बने । यश एक ब्याकस्टेज कामदार थिए जसले दिनको ५० रुपैया पाउँथे ।

सन् २००५ देखि यशले टेलिभिजन कार्यक्रममा अभिनय गर्न थाले । उनको पहिलो शो ‘उत्तरायण’ थियो । सन् २००५ मा उनले नन्द गोकुला शो पाए । टिभी सिरियलबाट पाएको लोकप्रियतापछि यशलाई ७ कन्नड फिल्मको अफर आएको थियो । जब उनले फिल्म साइन गर्नुअघि स्क्रिप्ट पढ्न माग गरे, तब मानिसहरूले उनलाई अभिमानी नयाँ कलाकार भन्दै फिल्मबाट निकालिदिए । टिभी सिरियलमा काम गर्दा यशले यति धेरै कमाउन थाले कि उनले आफ्नो परिवारलाई मैसूरबाट बैंगलोरसम्म बोलाए ।

यशले कन्नड सिनेमामा २००७ को फिल्म ‘जाम्बाडा हुडुगी’बाट डेब्यु गरेका थिए । त्यसपछि उनले मोगिना मनसु र रकी जस्ता फिल्महरू गरे । करिब १९ फिल्म गरेपछि यशले २०१८ मा फिल्म केजीएफबाट स्टारडम पाए । यो एक प्यान इन्डिया फिल्म थियो, जसले २५० करोड कमाएको थियो । यो कन्नड सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

यससँगै कन्नड सिनेमाले भारतभर पहिचान पायो, जबकि यश कन्नडका सबैभन्दा लोकप्रिय नायकको रूपमा उभिए । केजीएफ २ सन् २०२२ मा रिलिज भएको थियो । १०० करोडमा बनेको यो फिल्मले विश्वभर १२०० करोडको कलेक्सन गरेको थियो । यो भारतको विश्वभर सबैभन्दा धेरै कमाउने फिल्महरूमा तेस्रो नम्बरमा छ । योसँगै यो भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म हो ।