२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: फाईनलको लागि लुम्बिनी र जनकपुर भिड्दै



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा आज लुम्बिनी अल स्टार र जनकपुर रोयल्सबीच खेल हुँदैछ । प्लेअफको पहिलो दिन/ पहिलो क्वालिफायरमा आज यी टोलिले फाईनलको लागि भिड्दैछन्।

किर्तिपुरको टियु मैदानमा हुने पहिलो क्वालिफायर मध्यान्ह १२ः३० बाट सुरु हुनेछ । आजको बिजेताले फाईनलमा सिधै स्थान बनाउँने छ भने पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।

लुम्बिनी र जनकपुरले यस लिगको समूह चरणमा भएको दुई खेलमा एकआपसविरुद्ध १/१ खेल जितेका छन् ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।