१० भाद्र २०८३, बुधबार
,
Latest
दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ



अ+ अ-

एजेन्सी । एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् ।

गत नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली जाने क्रममा रक्सीको नशामा डुबेका मिश्रले आफ्नो पाइन्ट खोलेर बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो ।

गत नोभेम्बरमा भएको घटनाबारे एक वृद्धाले एयरलाइन्सको व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्व उपाध्यक्ष शंकर मिश्र प्रशासनबाट फरार रहँदै आएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार मिश्रले आफ्नो फोन स्विच अफ गरेका थिए तर सामाजिक सञ्जालमा आफ्ना साथीहरूसँग सम्पर्कमा रहँदै आएका थिए । उनले भारतको बेङ्ग्लोरमा क्रेडिट कार्डबाट रकम लेनदेन पनि गरेको पाइएको थियो । यिनै प्रमाणका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।

उनलाई राजधानी नयाँ दिल्ली ल्याई आरोपहरूको अनुसन्धान गरिने प्रहरीदे जनाएको छ ।

दिल्लीका एक प्रहरी प्रवक्ताले मिश्रलाई पक्राउ गरिएको पुष्टि गर्दै एएफपीसँग अन्य विवरण प्रहरी अनुसन्धानपछि प्राप्त हुने बताए । वेल्स फार्गोले आफ्ना कर्मचारीलाई शुक्रबार नै बर्खास्त गरिएको बताएको छ ।

एयरलाइनले यस घटनालाई उचित तरिकाले सम्बोधन गर्न असफल भएको र उडानको समयमा मदीरा सेवा उपलब्ध गराउने आफ्नो नीतिको पुनरावलोकन गरिरहेको बताएको छ ।

एयर इन्डियाका प्रमुख कार्यकारी क्याम्पबेल विल्सनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एयर इन्डियाले यी मामिलालाई विमान र अवतरणपछि (दुवै अवस्थामा) अझ राम्रो तरिकाले सम्हाल्न सक्थ्यो र कारबाही गर्न प्रतिबद्ध रहेको स्वीकार गरेको छ ।

दशकौंसम्म राज्यको नियन्त्रणमा रहेको टाटा समूहले हालै किनेको यो एयरलाइन्सले ती महिलाको उजुरीलाई सम्बोधन गरेको भन्दै चर्को आलोचना खेप्नुपरेको छ ।

भारतको उड्डयन नियामक निकायले यसै साता आफ्नो व्यवस्थापनलाई उक्त घटनाको रिपोर्टिङ नगरेको भन्दै चेतावनी दिएको थियो ।