२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीद्वारा चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई निर्देशन



अ+ अ-

एजेन्सी । जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनङ्ख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ ।

“हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण कोभिड सङ्क्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो,” जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ ।

कोभिडको सङ्क्रमण दर बढेको हल्लासँगै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् ।

युरोपेली सङ्घका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाब दिएका छन् ।

जर्मनी, फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत युरोपेली सङ्घका अन्य धेरै राष्ट्रले एशियाली मुलुकबाट आउने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् ।

गैर–युरोपेली देशहरूमध्ये संयुक्त राज्य अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन् ।

चिनियाँ अधिकारीहरूले हालैका दिनहरूमा बेइजिङ र तियानजिनलगायत शहरहरूमा सङ्क्रमणको पहिलो लहर चरम बिन्दुमा पुगेको बताएका छन् ।

तर जाडो याम र चिनियाँ नयाँ बर्षको शुरूमा शहरका कामदारहरू आफ्नो ग्रामीण गृहनगर फर्कने क्रममा आगामी हप्ताहरूमा अत्यधिक प्रकोपको चेतावनी चिनियाँ अधिकारीहरूले दिएका छन् ।