११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटालाई



अ+ अ-

पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।

खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई उपाधि जिताए । संकटाको यो दोस्रो आहा ! रारा पोखरा गोल्डकपको उपाधि हो ।

खेल अतिरिक्त समयमा जानुअघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए ।

खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २–१ को अवस्थामामा ल्याए । पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २–२ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले गोल गर्दै संकटालाई च्याम्पियन बनाए । उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाख हात पार्यो ।