९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपरस्टार थालापथी विजय श्रीमती संगीतासँग २३ वर्षपछि अलग हुँदै



अ+ अ-

एजेन्सी । साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार थालापथी विजय यतिबेला आफ्नो आगामी फिल्म ‘वारिसु’लाई लिएर चर्चामा छन् ।

यसैबीच उनको व्यक्तिगत जीवनलाई लिएर सामाजिक सञ्जालमा पनि निकै हलचल भइरहेको छ । विजयले आफ्नी श्रीमती संगीतासँग डिभोर्स गर्ने समाचार आइरहेका छन् । विवाहको २३ वर्षपछि यो जोडीले अलग हुने निर्णय लिएको बताइएको छ ।

फिल्ममेकर एट्लीकी श्रीमतीको बेबी शावरमा संगीता उपस्थित नहुँदा डिभोर्सको खबर आयो । यसपछि डिभोर्सको खबर आएपछि उनी ‘वारिसु’को ट्रेलर लञ्च कार्यक्रममा पनि देखिएनन् । यद्यपी, सम्बन्धविच्छेदका सम्बन्धमा उनीहरुले अहिलेसम्म आफ्नो तर्फबाट केही भनेका छैनन् ।

विजय र संगीताको विवाह भएको करिब २३ वर्ष भइसकेको छ । यो जोडीले २५ अगस्ट १९९९ मा विवाह गरेका थिए । दुवैले त्यस अवधिमा हिन्दू र क्रिस्चियन दुवै धर्ममा विवाह गरेका थिए । २००० मा, दम्पतीले जेसन सञ्जय नामको पहिलो बच्चालाई जन्म दिए । जबकि २००५ मा यी दुईलाई पुत्रीलाभ भयो ।