• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा ★   किन कतार जान पाएनन् रूद्रकली र खगेन्द्रप्रसाद ? ★   म्यान्चेस्टर युनाइटेडको सहज जित ★   लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध ★   आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो ★   बालेनको कडा टिप्पणी : जनावर उपहार दिनु वा बेच्नु कति कानुनसम्मत ? ★   छिन्नलता गीत पुरस्कार घोषणा

यस्तो छ सत्ता गठबन्धनको १८ बुँदे न्यूनतम साझा कार्यक्रम, शनिवार शीर्ष नेतालाई बुझाउने (पूर्णपाठ सहित)



काठमाडाैंः सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम् कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो ।

कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । शनिबार बस्ने शीर्ष नेताको बैठकले टुङ्ग्याएपछि सार्वजनिक हुने उहाँको भनाइ छ ।

सबै क्षेत्रलाई समेटेर जनतालाई परिवर्ततको प्रत्यक्ष आभाष दिलाउने, विकासको अनुभूति दिने कार्यक्रम प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । “जनतालाई खुसी बनाउने कार्यक्रम आउँछ”, महामन्त्री ढकालले भन्नुभयो ।

सत्ता साझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम् साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणालगायत हुनुहुन्छ ।