११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीसँग शेरबहादुर तामाङले गरे तातोपानी नाकाबारे छलफल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता शेर बहादुर तामाङले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेका छन् ।

नेता तामाङले शुक्रबार अर्थ मन्त्रीको कार्यकक्षमा तातोपानी नाकाबारे छलफल गरेका हुन् ।

काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ ।

तातोपानी नाका नियमित सञ्चालन नभएपछि मितेरीपुलदेखि चीन–नेपाल दुवैतर्फको करिब पाँच किलोमिटर क्षेत्रमा चहलपहल छैन । यो नाकाबाट कहिलेकाँही मात्र सामान आयात भएको छ । नाका बन्द हुँदा त्यहाँ कार्यरत व्यवसायीहरू पलायन हुन थालेका छन् ।