१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

बुद्ध एयरका संस्थापक अध्यक्षको निधनमा एमालेद्वारा दुःख व्यक्त

बुद्ध एयरका संस्थापक अध्यक्षको निधनमा एमालेद्वारा दुःख व्यक्त
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले बुद्ध एयरको स्थापना गरेर नेपालको हवाई सेवामा निजी क्षेत्रको प्रवेश, विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्नुभएका व्यवसायी सुरेन्द्रबहादुर बस्नेतको निधनमा दुःख व्यक्त गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उहाँको परिवारलाई समवेदना सन्देश पठाई स्व. बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पणका साथै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले स्व। बस्नेतको परिवारलाई भेट्नु भई अध्यक्षको सन्देश हस्तान्तरण गर्नुभएको छ । साथै, उहाँका छोरा वीरेन्द्रबहादुर बस्नेत लगायत शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीको सन्देशमा बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष बस्नेतले नेपालको हवाई सेवामा पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको उल्लेख छ । साथै, सरकारी सेवा तथा निजी व्यावसायिक क्षेत्रबाट उहाँले देशका लागि गर्नुभएका काम अनुशरणीय रहेको पनि अध्यक्ष ओलीको सन्देशमा उल्लेख गरिएको छ ।

भोजपुरको दिङ्लास्थित साल्मामा जन्मनुभएका सुरेन्द्रबहादुर बस्नेतले सर्वोच्च अदालतको न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, प्रेस काउन्सिल नेपालको अध्यक्ष लगायत विभिन्न भूमिकामा रहेर राष्ट्रसेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको यही पुस १० गते निधन भएको हो ।