• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

संसद्को पहिलो बैठकको कार्यतालिका तय, दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने



काठमाडौँ । प्रतिनिधिसभाको यही पुस २५ गते पहिलो बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका बनाइएको छ ।

संसद्को पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकमा संसद्को पहिलो बैठकमा शीर्ष नेताहरुले बोल्ने कार्यतालिका तय गरिएको हो ।

प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका पनि तय गरेको छ । यद्यपि सभामुख चयनका बारेमा अर्को सर्वदलीय बैठका निर्णय गर्ने सहमति भएको बताइएको छ ।