२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिग: १४ क्लबले गरे नाम दर्ता



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि १४ क्लबले नाम दर्ता गराएका छन् । फागुन १९ गतेबाट सुरु हुने शीर्ष डिभिजनको लिगमा १४ वटै क्लबले नाम दर्ता गराएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाले लिगको लागि क्लब दर्ताको अन्तिम मिति आज शुक्रबारसम्म तोकेको थियो । शुक्रबार नाम दर्ता गराउने क्लबमा मनाङ मर्स्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लब रहेको छ । यसअघि बिहीबारसम्म ११ क्लबले नाम दर्ता गराइसकेको एन्फाले बतायो ।

यस अघि चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले नाम दर्ता गरेका थिए ।

एन्फाले दर्ता भएका सबै क्लबलाई तयारी खर्चको पहिलो किस्ताबापत १५ लाख रुपैयाँ उपलब्ध गराएको छ । यसअघि नै एन्फाले लिगको तयारीका लागि ‘ए’ डिभिजनका प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएको थियो ।

‘ए’ डिभिजन लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । यस्तै, फेयर प्ले अवार्डको नगद पुरस्कार ३ लाख तोकिएको छ । मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

यस्तै, प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ भने हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।