२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिग: लुम्बिनीलाई हराउदै जनकपुर क्वालिफायरमा



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ ।

टियु मैदानमा भएको खेलमा जनकपुरले लुम्बिनीलाई जितको लागि १ सय ६० रनको लक्ष्य दिएको थियो । लुम्बिनीले भने १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो ।

लुम्बिनीका लागि ब्याटिङ गरेका अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए । यस्तै सुनिल धमला २७ रन बनाए भने गुलसन झा १० रनसहित अविजित रहे ।

बलिङमा जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ३ विकेट लिए भने समिउल्लाह शिनवारीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । जनकपुरको लागि कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए। यस्तै, खडक बोहोरा २२ रन बनाए भने शमिउल्लाह शिनवारीले २० रन जोडे ।

लुम्बिनीका लागि बलिङ गरेका सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ विकेट लिए भने प्याट ब्राउन र इशाान पाण्डेले पनि समान १/१ विकेट लिए ।

हारका बाबजुत पनि दश खेल खेलेर ८ जित तथा २ हार हात पारेको लुम्बिनी पहिले नै क्वालिफायरमा पुगिसकेको छ । १० खेलमा १६ अंक सहित लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

यस्तै दश खेलमा सात जित र तीन हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेसँगै जनकपुर पनि पहिलो क्वालिफायरमा पुगेको छ ।

लुम्बिनी र जनकपुरले आईतबार हुने पहिलो क्वालिफायर खेल्ने छन् ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।