५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्वीटरबाट २० करोड प्रयोगकर्ताको इमेल ‘लीक’



अ+ अ-

एजेन्सी । यदि तपाईँ ट्वीटर प्रयोग गर्नुहुन्छ भने, यो खबर तपाइँको लागि रहेको छ । बिहीबार ट्वीटरबाट २० करोडभन्दा बढी प्रयोगकर्ताको इमेल ठेगाना चोरी भएको छ ।

यो जानकारी इजरायलको साइबर सेक्युरिटी कम्पनी हडसन रकले दिएको हो । कम्पनीका सह–संस्थापक एलन गालका अनुसार यो डाटा अनलाइन ह्याकिङ फोरममा पोस्ट गरिएको छ । हाल ट्वीटरले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

गालले यस डाटा लिकबाट ह्याकिङ, टारगेट फिसिङ र डक्सिङ निम्त्याउने समेत बताए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी भएको उनको भनाइ छ ।

उल्लङ्घन–सूचना साइट ह्याभ आई बीन पोन्डले धेरै ट्विटर प्रयोगकर्ताहरूलाई इमेल सूचनाहरू पठाएको छ । यी सबै इमेल ठेगानाहरू लीक भएका छन् । यसको स्क्रिनसट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सूचनामा भनिएको छ– ‘तपाईको इमेल ठेगाना खुलासा भएको छ । हामी यसलाई समाधान गर्न सुझाव दिन्छौं ।’




भर्खरै