१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक शुरु



अ+ अ-

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक शुरु भएको छ ।

शुक्रवार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको हो । कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ । सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ । सो भन्दाअघि नै सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

एमालेका उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलसमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सो कार्य दलमा रहनुभएको छ ।

सत्तारुढ गठबन्धन सरकारले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् बिस्तार गर्ने तयारीमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा हाल ८ सदस्यीय मन्त्रीमण्डल रहेको छ ।

तस्बिर: रत्न श्रेष्ठ- रासस