५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु– प्रधानमन्त्री भेट: स्ववियुमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागू गराउन माग



अ+ अ-

काठमाडौँ । आगामी चैत ५ गते प्रस्तावित स्ववियु निर्वाचनको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वागत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अनेरास्ववियुले यो पटक स्ववियुमा पूर्ण समानुपातिक निर्वाचन लागु गराउन निर्देशनका लागि ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विश्वविद्यालयको कुलपतिसमेत हुनुहुन्छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहितको विद्यार्थी टोलीले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर प्रधानमन्त्री प्रचण्डसमक्ष पूर्ण समानुपातिक निर्वाचन लागु गराउन ज्ञापनपत्र बुझाएको हो ।

संगठनले निर्वाचन सबै वर्ग र समुदायको प्रतिनिधित्व गर्न समावेशी सिद्धान्तअनुसार पूर्ण समानुपातिक प्रणालीमार्फत हुनुपर्ने माग गरेको छ ।

साथै विश्वविद्यालय एवं क्याम्पसहरूमा उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न प्रत्येक स्ववियुमा सम्बन्धित शैक्षिक संस्थाको उत्कृष्ट एक/एक जना छात्र र छात्रालाई सहभागी गराइनुपर्ने समेत संगठनको माग छ ।

त्रिवि विद्यार्थी कल्याण परिषद्द्वारा चैत ५ मा प्रस्तावित स्ववियु चुनावको स्वागत गरेको छ ।

ज्ञापनपत्रमा विश्वविद्यालयमा स्ववियुको आवधिक निर्वाचन नहुँदा विश्वविद्यालयमा प्रशासनको मनोमानी व्याप्त रहेको उल्लेख छ ।

विश्वविद्यालयहरु ज्ञान निर्माण गर्ने केन्द्र हुनुपर्नेमा विभिन्न खाले विसङ्गति, भ्रष्टाचार र अनियमितताका केन्द्र बनेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

अध्यक्ष पराजुलीले विद्यार्थीहरू चर्को शुल्क तिर्न बाध्य भएकाले यी सबै विसंगतिको अन्त्य गर्न, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न र विद्यार्थीले आफ्ना हक अधिकारको प्रत्याभूति गर्न स्ववियुको निर्वाचन यथाशक्य गराउन प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

त्रिवि विद्यार्थी कल्याण परिषद्ले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।