२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेको नागरिकता विवाद बारे संवैधानिक इजलासमा सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा संवैधानिक इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मेलिन संवैधानिक इजलासमा पेसी तोकिएको छ।

लामिछानेले नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको भन्दै उनको सांसद पद खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो। लामिछानेको सांसदको योग्यताबारे प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले मुद्दा दायर गर्नुभएको थियो ।