१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नेपाल टी–२० लिग: जनकपुरद्वारा लुम्बिनीलाई १६० रनको लक्ष्य

नेपाल टी–२० लिग: जनकपुरद्वारा लुम्बिनीलाई १६० रनको लक्ष्य
अ अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई जितको लागि १ सय ६० रनको लक्ष्य दिएको छ ।

किर्तिपूरको टियु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

जनकपुरको लागि कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा शरफुदिन असरफले १८ बलमा ३४ रन बनाए। यस्तै, खडक बोहोरा २२ रन बनाए भने शमिउल्लाह शिनवारीले २० रन जोडे ।

लुम्बिनीका लागि बलिङ गरेकम सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ विकेट लिए भने प्याट ब्राउन र इशाान पाण्डेले पनि समान १/१ विकेट लिए ।

नौ खेलमा ८ जित तथा १ हार हात पारेर १६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी क्वालिफायरमा पुगिसकेको छ भने नौ खेलमा छ जित र तीन हार हात पारेको जनकपुर १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

यही संस्करणमा भएको पहिलो भेटमा लुम्बिनीले जनकपुरलाई ५ रनले हराएको थियो ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।