• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

जुम्लाको तिलामा अटोरिक्सा दुर्घटना, दुईको मृत्यु



जुम्लाः जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क १ स ११ नम्बरको अटोरिक्सा दिउँसो २ बजेतिर तिला नदीमा खस्दा जिल्लाको तातोपानी गाउँपालिका–१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

सार्कीको घटनास्थलमै मृत्यु भएको छ । थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको अटोरिक्सा तिला–३ त्रिवेणीमा कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतक दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।