२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल तेक्वान्दो संघलाई अदालतद्वारा निरन्तरता



अ+ अ-

काठमाडौँ । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ ।

बिहीवार नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलनको आयोजना गरेर बुधवार पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो ।

पुस ५ मा राखेपले प्रकाशशमशेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघ सहित उसु र शारीरिक सुगठन संघ विघटन गरेको थियो । समानान्तर संघ भएपछि राखेपले प्रदीप जोशीको संयोजकत्वमा इन्द्रमान तुलाधर महासचिव रहनेगरी तेक्वान्दो महासंघ गठन गरेको थियो । असन्तुष्टि जनाउँदै नेपाल तेक्वान्दो संघ अदालत पुगेको थियो ।

पुस २० गते बुधवार दुवै पक्षलाई छलफलमा बोलाएर अदालतले पुस ५ गते राखेपद्वारा गरिएको निर्णय र २४ कात्तिकमा युवा तथा खेलकुद मन्त्रीस्तरिय निर्णयसमेत रिट निवेदनको अन्तिम निरूपण नभए सम्मकालागि कार्यन्वयन नगर्नु,नगराउनु भन्दै अन्तरिम आदेश दिएको पत्रकार सम्मेलनमा जानकाकरी दिएको छ ।

पत्रकार सम्मेलनमा उच्च अदालत पाटनको आदेश स्वागतयोग्य रहेको भन्दै नेपाल तेक्वान्दो संघका पदाधिकारले निर्णयको स्वागत गरेका छन् । संघले नेपाली खेलाडी र खेलकुदमा लागेको पादधिकारीको भविष्य सुनिश्चित गर्न राखेप र मन्त्रालयसँग सहकार्य गर्ने बताएको छ ।