१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसबाट वाम एकताका लागि कार्यदल गठन



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)काे  केन्द्रिय सचिवालय बैठकले वाम एकताको लागि ४ सदस्य रहेको कार्यदल गठन गरेको छ ।

बिहीवार पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय ४५ औं सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो । बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहनुभएको पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्नथ खतिवडाले बताउनु भयो ।

उहाँले कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले गत पोलिटब्युरो बैठकबाट एउटा प्रश्ताव पारित गरेका थियौँ । हामी वाम एकताको लागि विभिन्न ढंगले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले शुरुवात गर्ने भनेर निर्णय गरेका थियौँ । यसै विषयमा व्यापक छलफल गरेका छौँ । विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४/५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेको थियो । एकीकृत भएका थियौँ । त्यसलाई सँगै पूरा गर्ने जिम्मेवारी पूरा गर्न कमरेड महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल ४ सदस्यीय वाम एकता सम्बन्धी कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीहरुसँग छलफल गरी निस्कर्ष निकाल्नेछ ।’

उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा औपचारिक प्रस्ताव  नै सरकार पक्षका पार्टीहरुले नगरेको बताउनु भयो ।