• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आहा ! रारा गोल्डकप: चर्च ब्वाइजलाई हराउँदै भुटनीज फाइनलमा



पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसए फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोलको अन्तरले हराउँदै भुटनीजले फाइनलमा पुगेको हो ।

भुटनीजको जितको लागि रोजिन प्रजापतिले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

उपाधिका लागि भुटनीजले फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । एपीएफलाई हराउँदै संकटा यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फको उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।