२१ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकताः गृहमन्त्री



file
अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताउनुभएको छ ।

बिहीवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग सरकारले ल्याउने साझा कार्यक्रमबारे बोल्दै सरकारका न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताउनुभएको हो । उहाँले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहाना पूरा गर्नेगरी कार्यक्रम आउने बताउनु भयो ।

उहाँले सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताउनु भयो । उहाँले जनतालाई सहज बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने साझा एजेण्डामा कुनैपनि दलको विमति नभएको बताउनु भयो । उहाँले साझा कार्यक्रम अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले सरकारमा रहेका पार्टीहरु विचार र सिद्धान्तभन्दा पर गएर न्युनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताउनु भयो । उहाँले सरकारले आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेकाले त्यो विषयमा पनि विवाद भयो भने त राजनीतिक दल हुन नसक्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘ प्रधानमन्त्रीले अहिलेको सरकार जनमत अनुसारको सरकार बनेको बताउनुभएको छ । जनताले जसरी मत दिनुभएको छ । त्यो मत अनुसार सरकार बनेको हुनाले त्यसको लागि न्युनतम साझा कार्यक्रम समावेश हुन्छ । आम नागरिकलाई सेवा दिनको निम्ति बनेकाले न्युनतम साझा कार्यक्रममा एक रुपकता ल्याउनका लागि एक ठाउँमा उभिनको लागि पार्टिको विचार सिद्धान्त भन्दा पर गएर कार्यक्रममा त्यस्ता चिज समावेश गरौं । ती कार्यक्रमहरुले आम जनतालाई प्रत्यक्ष रुपमा सरोकार राख्छ । राजनीतिक दलहरुको विचारको विभेदलाई पन्छाएर जनमतलाई कदर गरेका छौं । जसरी जनमत आयो त्यसरी काम गर्नुपर्ने अवस्था आयो । त्यही अनुसार काम गर्छ । साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । साझा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई सरकारले परिपूर्ति गर्नेगरी ठोस योजनाकासाथ अगाडि बढ्छौं । आम नागरिकका समस्या समाधान गर्ने र भ्रष्टाचार गर्ने विषयमा राजनीतिक दलमा विवाद गरे त्यो राजनीतिक दल नै भएन । त्यसमा हामी सहमत छौं । अहिलेसम्म सकिन्छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने भएको छ ।’

उहाँले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मुल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउने विषयमा सबै दल सहमत रहेको बताउनु भयोे ।