• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल

केप भर्डको राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण



काठमाडौं । अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो देशको राष्ट्रिय रंगशाला विश्व फुटबलका लेजेण्ड पेलेको नाममा नामाकरण गरेको छ ।

केप भर्डका प्रधानमन्त्री सिल्भाले राष्ट्रिय रंगशाला ‘स्टाडियो नेसनल डी काबो भर्ड’ को नाम पेलेको नाममा नामाकरण गरिएको बताएका छन् । नामाकरणपछि उक्त रंगशालाको नाम ‘पेले स्टेडियम’ राखिएको छ ।

१५ हजार दर्शक क्षमताको उक्त रंगशाला केप भर्डको राजधानी प्राइया नजिकै रहेको छ ।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले हरेक देशले पेलेको स्मृतिमा एक रंगशालाको नाम पेलेको नाममा राख्नु पर्ने धारणा व्यब्त गरेका थिए ।

विश्व फुटबलकै लेजेन्ड ब्राजिलियन फुटबलर पेलेको ८२ वर्षको उमेरमा गत हप्ता निधन भएको थियो ।

उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी समेत हुन् ।

सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

पेलेले आफ्नो २१ वर्षे फुटबल करियरमा कीर्तिमानी १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका थिए ।