२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशः चार दिनभित्र सरकार गठन गर्न आह्वान



अ+ अ-

हेटौँडा । बागमती प्रदेश प्रमुखको कार्यालयले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेको छ ।

प्रदेशप्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गर्नुभएको हो ।

बागमती प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेकाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिएका छन् ।

११० सदस्य रहेको बागमती प्रदेशमा नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । प्रदेशमा नेकपा ९एमाले० का २७, नेकपा ९माओवादी केन्द्र० का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का १३, नेकपा ९एकीकृत समाजवादी० का ७, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य छन् ।

बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सदस्यको समर्थन आवश्यक हुन्छ । संघीय सरकारमा भएको सत्ता समीकरण परिवर्तनले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार बनाउन सक्ने सम्भावना अत्यन्त न्यून छ ।

बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपासहितको सरकार गठनको तयारी भए पनि मुख्यमन्त्रीमा तीन दलका संसदीय दलका नेताहरुले दाबी गरेका छन् ।

एमालेका जगन्नाथ थपलिया, माओवादी केन्द्रका शालिकराम जमकट्टेल र राप्रपाका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो ।

यसैबीच राप्रपाले केन्द्रीय सरकारमा ४ वटा मन्त्रालय पाएको अवस्थामा बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छोड्ने संकेत दिएको छ ।