५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको रणनीति: केन्द्रका चार ओटा मन्त्रालय पाए बागमतीको मुख्यमन्त्रीको दाबी छाड्ने



अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई समर्थन जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रमा ४ ओटा मन्त्रालय पाए बागमती प्रदेशको मुख्यमन्त्रीको दाबी छाड्ने भएको छ ।

राप्रपालाई तीन ओटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड तयार रहनुभएको जनाइएको छ । राप्रपाका एक नेताले भन्नुभयो, “बागमती प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ तर केन्द्रका चार ओटा मन्त्रालय दिने हो भने दाबीमा पुनर्विचार गर्न सकिन्छ ।

ती नेताका अनुसार प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने र केही दिनपछि सरकारमा सहभागी हुने तयारी रहेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा सहभागी हुने आन्तरिक तयारी गरेको राप्रपाले ४ ओटा मन्त्रालय पाएमा प्रत्यक्षतर्फ निर्वाचित ३ सांसद र एक समानुपातिकलाई पठाउने तयारी गरेको छ ।

राप्रपाले उपसभामुखमा पनि दाबी गरेको छ । १३ जना प्रदेशसभा सदस्य रहेको राप्रपाका बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुखको दाबी गर्नुभएको छ । यो प्रदेशमा सरकार निर्माणका लागि राप्रपा निर्णायक शक्तिका रुपमा रहेको छ ।