२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको रणनीति: केन्द्रका चार ओटा मन्त्रालय पाए बागमतीको मुख्यमन्त्रीको दाबी छाड्ने



अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई समर्थन जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रमा ४ ओटा मन्त्रालय पाए बागमती प्रदेशको मुख्यमन्त्रीको दाबी छाड्ने भएको छ ।

राप्रपालाई तीन ओटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड तयार रहनुभएको जनाइएको छ । राप्रपाका एक नेताले भन्नुभयो, “बागमती प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ तर केन्द्रका चार ओटा मन्त्रालय दिने हो भने दाबीमा पुनर्विचार गर्न सकिन्छ ।

ती नेताका अनुसार प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने र केही दिनपछि सरकारमा सहभागी हुने तयारी रहेको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा सहभागी हुने आन्तरिक तयारी गरेको राप्रपाले ४ ओटा मन्त्रालय पाएमा प्रत्यक्षतर्फ निर्वाचित ३ सांसद र एक समानुपातिकलाई पठाउने तयारी गरेको छ ।

राप्रपाले उपसभामुखमा पनि दाबी गरेको छ । १३ जना प्रदेशसभा सदस्य रहेको राप्रपाका बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले प्रदेश प्रमुखको दाबी गर्नुभएको छ । यो प्रदेशमा सरकार निर्माणका लागि राप्रपा निर्णायक शक्तिका रुपमा रहेको छ ।